मंगलबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
९ वैशाख, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ४.९६ अंकले घटेर २६८८.३२ को विन्दुमा कायम भएको हो ।
यस दिन सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज कम्पनीको ४४ करोड ६० लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, हिमालयन पावर पार्टनरको ४० करोड ९४ लाख ९८ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ३६ करोड ४८ लाख ६५ हजार रुपैयाँ, नेपाल रिइन्स्योरेन्सको ३५ करोड ६४ लाख ६९ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको ३५ करोड ५४ लाख ४७ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : April 22, 2025 at 3:27 pm





