आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
८ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ७.७५ अंकले घटेर २६९८.२८ को विन्दुमा कायम भएको हो ।
यस दिन सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज कम्पनीको ५३ करोड ९९ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, युनिभर्सल पावर कम्पनीको ५२ करोड ४७ लाख ६१ हजार रुपैयाँ, एचआइडिसिएलको ४३ करोड ४५ लाख ९७ हजार रुपैयाँ, हिमालयन पावर पार्टनरको ३५ करोड ५५ लाख ६६ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको ३१ करोड ५४ लाख ७ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : 15:22









