छुट्ला है ! दोर्दी खोला जलविद्युतको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
८ वैशाख, काठमाडौं । दोर्दी खोला जलविद्युत लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज (वैशाख ८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले चैत १९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्कासन गरेको छ ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुकक्लोज गरेको थियो। यस अनुसार फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकको विराटनगर, विरगञ्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्नेछ।
प्रकाशित मिति : April 21, 2025 at 9:23 am









