७ असार २०८३, आइतबार | Sun Jun 21 2026

स्वरोजगार लघुवित्तले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित हुने

३ वैशाख, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो ।

लघुवित्तले वैशाख २९ गते, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सोह्रौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १३.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। साथै सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले वैशाख ११ गते बुकक्लोज गर्ने भएको छ। यसको अर्थ वैशाख १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : April 16, 2025 at 9:46 am