४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

वाइड बडी जहाज प्रकरणः दोषको सूचीबाट गृहसचिव प्रेमकुमार राईको नाम हटाइयो

२३ पुस, काठमाडाैँ । सर्वजनिक लेखा समितिले वाइड बडी जहाज अनियमिततामा यसअघि उपसमितिले दोषी ठहर गरेका गृहसचिव प्रेमकुमार राईको संलग्नता नदेखिएको भनी नाम हटाएर प्रतिवदेन सच्याइएको छ। लेखा समिति अन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवदेनमा राईसहित ५ सचिव जोडिएका थिए।

नेपाल वायुसेवा निगमले खरिद गरेको दुई वटा वाइडबडी जहाज खरिद प्रक्रियामा आर्थिक हिनामिना भएको भन्दै उपसमितिले बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित २ पूर्व पर्यटनमन्त्री, निगम महाप्रबन्धकसहित सञ्चालक समितिका सदस्य र विभिन्न निकायका विभागीय प्रमुखसहित ३४ जनालाई दोषी करार गरेको छ। अधिकारीको नाम भने यथावत् छ।

सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहरसहितको प्रतिवेदन लेखा समितिमा बुधबार पेस गरेको थियो।

प्रकाशित मिति : 12:13