प्रि ओपन सेसनमा करिब साढे १६ अंकले बढ्यो नेप्से
२ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १६ अंकले बढेको छ।अघिल्लो कारोबार दिन आइतबार ८.६२ अंकले घटेर २६६२.०८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १६.४३ अंकले बढेर २६७८.५१ विन्दुमा पुगेको छ।
मंगलबार प्रि ओपन सेसनमा २ करोड ९८ लाख ७८ हजार ४२१ रुपैयाँ बराबरको ५० हजार ७५८ कित्ता शेयर खरिदबिक्री भएको छ
प्रकाशित मिति : April 15, 2025 at 11:01 am





