सभामुखले बोल्न समय दिँदा पनि संसदमा किन निहुँ खोज्यो कांग्रेस ? (भिडियोसहित)
२२ पुस, काठमाडौँ । नेपाली कांग्रेसले आइतबारको संसद बैठकमा एउटा रमिता प्रस्तुत गरेको छ । बैठकमा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनपछि प्रश्न गर्न पाउनुपर्ने माग गरेको कांग्रेसले साभामुख कृष्णबहादुर महराले बोल्न समयदिँदा दिँदै नेपाली कांग्रेसका सांसदले निहुँ खोजेर बोलेनन् ।
सभामुख महराले आइतबारको बैठकमा प्रधानमन्त्रीको सम्बोधन सवालजवाफका लागि नभएको भन्दै सीमित सांसलाइ मात्र प्रश्न गर्न दिने बताउँदै सर्वप्रथम कांग्रेसका डा मिनेन्द्र रिजाललाइ बोल्न समय दिएका थिए । तर रिजालले बोल्न मानेनन् भने कांग्रेस सांसदले नाराबाजी र होहल्ला गरिरहे ।
त्यसपछि सभामुख महराले शून्य र विशेष समय अन्त्य गरेर कार्यसूचीमा प्रवेश गरे । त्यसपछि कांग्रेस संसदहरूले कुर्सीबाट उठेर रोष्ट्रम घेरेका थिए । समाजिक सञ्जालमा भने बोल्न नदिएको भन्दै सभामुखको र अराजकता देखाएको भन्दै कांग्रेस सांसदको अालोचना गरिरहेका छन ।
हेर्नुहोस् भिडियो
प्रकाशित मिति : २३ पुष २०७५, सोमबार ००:१७