२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

२७ चैत, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ९.६६ अंकले बढेर २६७६.२८ विन्दुमा बन्द भएको। यस दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४२ करोड ७५ लाख ६८ हजार रुपैँया बराबरको कारोबार भएको छ ।

त्यस्तै सिइडिबी होल्डिङको ३० करोड २२ लाख ३१ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २७ करोड ४४ लाख १ हजार रुपैँया, नेपाल रिइन्स्योरेन्स कम्पनीको २७ करोड ७२ लाख ११ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको २० करोड ४४ लाख ५६ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : April 9, 2025 at 3:35 pm