१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

सपथ नगराउने निर्णयपछि मनाङ्गे भन्छनः गण्डकी प्रदेशका सभामुखलाई म कानुन सिकाउँछु

२२ पुस, काठमाडाैँ । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सपथ नगराउने निर्णय गरेपछि प्रदेश सांसद दीपक मनाङ्गे भनिने राजिव गुरूङ अाक्रोशित बनेका छन । सभामुखको निर्णयपछि दैनिकीसँग कुरा गर्दै सांसद मनाङ्गेले अब सभामुख अधिकारीलाई अाफूले कानुन सिकाउने बताए ।

.उनले सभामुख अधिकारीले कानुन नजानेर सपथ नगराउने भनेको भन्दै अब अाफूले कानुन सिकाउने बताए । उनले अाफू सोमबार बिहानै सभामुख र मुख्य न्यायाधीवक्तालार्इ कानुन सिकाउन पोखरा जान लागेको पनि बताएका छन ।

मनाङ्गेको मागमा दबाब दिने दल नभएपछि प्रदेशसभा सदस्यको सपथ लिन नपाउने भएका छन । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कानुनअनुसार सपथ गराउन नमिल्ने भन्दैै सपथ नगराउने निर्णय गरेका हुन । मनाङ्गेे स्वतन्त्र सांसद हुन ।

सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनको कार्यसूचि तयार पार्न बसेको कार्य व्यवस्था परामर्श समितिका सभापतिसमेत रहेका सभामुख अधिकारीले मनाङ्गेलाई सपथ नराउने निर्णय गरिएको जानकारी दिए । मनाङेले मंसिर १२ गते बिहीबार गण्डकी प्रदेश सभामा सपथ ग्रहणको माग गर्दै निवेदन दिएका थिए ।

प्रकाशित मिति : २२ पुष २०७५, आईतवार २३:५०