५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१७ चैत, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार पनि सेयर बजारमा सुधार आएको छ । यस दिने नेप्से ३२.३४ अंकले बढेर २६९५.५५ को बिन्दुमा बन्द भएको छ ।

आज हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६९ करोड १९ लाख ७७ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल रिइन्स्योरेन्स कम्पनीको ४७ करोड ८४ लाख ८२ हजार रुपैयाँ, एनआरएन इन्फ्रस्ट्रक्चरको ३९ करोड ८६ लाख ८५ हजार रुपैँया, सिइडिबी होल्डिङको २४ करोड १० लाख ३४ हजार रुपैयाँ, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको १७ करोड ९४ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : March 30, 2025 at 3:31 pm