२० भदौ २०८३, शनिबार | Sat Sep 5 2026

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी

१५ चैत, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । मायाको पहिचान नेपालले शुक्रबार साइबर ब्युरो कार्यालयमा पुगेर प्रसाईंविरूद्ध उजुरी दिएको हो।

नेपाल लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी गलत तथा घृणास्पद अभिव्यक्ति फैलाएको भन्दै मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रसाईंविरुद्ध उजुरी दिनुभएकाे हाे । प्रसाईंले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित घृणा फैलाउने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख छ ।

प्रकाशित मिति : March 28, 2025 at 5:36 pm