५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१३ चैत, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । आज नेप्से ४०.४७ अंकले बढेर २९२३.२१ को बिन्दुमा बन्द भएको छ ।

बुधबार हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४१ करोड ८६ लाख ७८ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै यस दिन नेपाल रिइन्स्योरेन्स कम्पनीको ३१ करोड ६३ लाख २६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको २२ करोड ९८ लाख ७९ हजार रुपैंया, नारायणी डेभलपमेन्ट बैंकको ११ करोड ६२ लाख ८३ हजार रुपैयाँ, यूनाइटेड मोदी हाइड्रोपावरको १० करोड ६६ लाख ५८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : March 26, 2025 at 3:19 pm