५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

भारी अंकले घटेको बजारमा आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

१२ चैत, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से ५५.९० अकंले घटेर २५८४.८८ बिन्दुमा बन्द भएको छ । ३२५ कम्पनीको १ करोड ११ लाख ५५ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोडको सेयर कारोबार भएको छ ।

यस दिन हिमालयन रि इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल रिइन्स्योरेन्स कम्पनीको २१ करोड ३९ लाख १५ हजार रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १७ करोड ३४ लाख ३९ हजार रुपैंया, एनआरएन इन्फ्रास्ट्रक्चरको १४ करोड ८८ लाख २१ हजार रुपैयाँ, सिइडिबी होल्डिङको १३ करोड ८१ लाख २७ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : March 25, 2025 at 3:27 pm