प्रि ओपन सेसनमा ४ अंकले घट्यो नेप्से
११ चैत, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले घटेको छ। अघिल्लो कारोबारकाे दिन अर्थात आइतबार ५४.६२ अंकले घटेर २६१४.६८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.२३ अंक घटेर २६१०.४५ विन्दुमा पुगेकाे छ।
सोमबार प्रि ओपन सेसनमा ६ लाख २२ हजार ३८० रुपैयाँ ३० पैसाबराबरको १ हजार १७३ कित्ता शेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : 10:56









