प्रि ओपन सेसनमा १ अंकले बढ्यो नेप्से
४ चैत, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले बढेको छ। अघिल्लो कारोबार दिन इतबार २१.६३ अंकले घटेर २७१४.८५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.०९ अंकले बढेर २७१५.९४ विन्दुमा पुगेको हो ।
सोमबार प्रि ओपन सेसनमा ४७ स्टकको ८४ पटकको कारोबारमा ९८ लाख २९ हजार ७९२ रुपैयाँ ८० पैसाबराबरको १४ हजार ९७९ कित्ता शेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : 11:02









