१५ पुष २०८२, मंगलवार | Wed Dec 31 2025

बैंकिङ प्रणालीबाट आज ४० अर्ब तान्दै राष्ट्र बैंक

३ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत ३ गते बजारबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज २१ दिनका लागि उक्त रकम खिच्न लागेको हो। आज दिउँसो ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । जसको साँवा तथा ब्याज भुक्तानी चैत २४ गते गरिने बैंकले जनाएको छ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागि हुन पाउनेछन्। बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आईतवार १२:०२