१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँड

१ चैत, काठमाडाैँ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको थप सार्वजनिक शेयर (एफपीओ) बाँडफाँड भएको छ। शुक्रबार बिक्री प्रबन्धक एनएमबि क्यापिटलले एफपीओको बाँडफाँड गरेको हो ।

एफपीओका लागि कुल १७ लाख ८० हजार ४ सय ५७ जनाले आवेदन दिएको मध्ये १७ लाख ७७ हजार ७९३ जनाको मात्र आवेदन योग्य ठहरिएको एनएमबि क्यापिटलले जनाएको छ । जसमध्ये १९ हजार ५७७ जनाले गोलाप्रथामार्फत सेयर हात पारेका छन् ।

 क्यापिटलका अनुसार ३ जनाले ११ कित्ता र बाँकी आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। क्यापिटलले फागुन १८ गतेदेखि फागुन २१ गतेसम्म एफपीओ निष्काशन बिक्री खुला गरेको थियो। स्वरोजगार लघुवित्तले प्रति शेयर १०० रुपैयाँ दरमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ जारी गरेको थियो, जसको कुल मूल्य १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ रहेको छ। नेपाल धितोपत्र बोर्डले माघ २७ गते एफपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको थियो।

लगानीकर्ताले नतिजा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट, स्वरोजगार लघुवित्तको वेबसाइटबाट, सीडीएससीको वेबसाइटबाटबाट नतिजा हेर्न सक्नेछन । उल्लेखित पोर्टलमा १६ अंकको डिम्याट नम्बर हालेपछि नतिजा सजिलै हेर्न सकिन्छ ।

प्रकाशित मिति : March 14, 2025 at 11:03 am