समृद्धि फाइनान्सको सेयर संरचना परिवर्तन
४ फागुन, काठमाडौँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीको ८१ लाख ८९ हजार ११४ कित्ता सेयर सूचीकृत छ । जसमा संस्थापक समूह तर्फ ४१ लाख ७६ हजार ४४८ कित्ता र सर्वसाधाण समूह तर्फ ४० लाख १२ हजार ६६६ कित्ता रहेको छ ।
संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण समूह तर्फ ४९ प्रतिशत अनुपात हुने गरि संस्थापक समूहको ६ लाख ८५ हजार १३६ कित्ता सेयर फागुन ४ गतेदेखि सर्वसाधारणभा अभिलेख गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : ४ फाल्गुन २०८१, आईतवार १६:५५












