नेपाल फाइनान्सको १० लाख ९० हजार कित्ता सेयर बिक्रीमा
१ फागुन, काठमाडौँ । नेपाल फाइनान्सले सेयर बिक्रीमा राखेको छ। कम्पनीले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री खुला गरेको थियो।
कम्पनीले उक्त बिक्री नभएको संस्थापक समूहको १० लाख ९० हजार ३७१.१८७ कित्ता सेयर आज फागुन १ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो।
उक्त सेयरमा इच्छुक व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र सोभन्दा बढीका लागि १० अंकले भाग जाने गरी खरिद आवेदन दिनुपर्नेछ। सेयर खरिदका लागि चैत ८ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ।
प्रकाशित मिति : February 13, 2025 at 1:03 pm









