१६ कार्तिक २०८३, आइतबार | Mon Nov 2 2026

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले लिए सपथ

१८ पुस, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा उनलाई सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायत सहभागी थिए ।


जबराले सर्वोच्च अदालत पुगेर आजै कार्यभार सम्हाल्नेछन् । कुनै बाधा अड्चन सिर्जना नभए जबरा चार वर्षसम्म प्रधानन्यायाधीश पदमा रहने छन् । उनको नाम संसदीय सुनुवाई विशेष समितिले मंगलबार सर्वसम्मत अनुमोदन गरेको थियो । सुनुवाई समितिमा जबराले कुनै बदनियत नराखेर कार्यसम्पादन गर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : January 2, 2019 at 11:03 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/