स्वकीय नै नराखी तलब खाने सांसदमा बामदेव पत्नी तुलसा थापादेखि कांग्रेसका नारायण खड्कासम्म
१८ पुस, काठमाडाैँ । सांसदहरूले स्वकीय सचिव नै नराखी तलब खाने गरेको तथ्य सार्वजनिक भएको छ । कान्तिपुर दैनिकमा मकर श्रेष्ठले स्वकीय सचिव नै नराखी तलब खाने २९ सांसद र संसदीय समितिका सभापतिहरूको बारेमा समाचार लेखेका छन । समाचार अनुसार २९ सांसदले स्वकीय सचिव नै नराखी स्वकीय सचिवको तलब समेत हसुरी रहेका छन । यसरी स्वकीय नै नराखी तलब हसुर्नेमा नेकपाका नेता बामदेव गाैतम पत्नी तुलसा थापादेखि नेपाली कांग्रेसका विद्धन भनिएका डा नारायण खड्का समेत रहेका छन ।
संसद सुरू भएको नाै महिना बिते पनि २९ जनाले स्वकीय सचिव नै नियुक्त नगरी त्यसको तलब समे अाफैँ खाने गरेका छन । संसद सचिवालयले स्वकीय सचिवका लागि मासिक ३० हजार ५ सय रुपैयाँ तलब सांसदको खातामै पठाइदिने गरेको छ । स्वकीय सचिव नै नराखी तलबभत्ता बुझ्ने २९ मध्ये २ जना राष्ट्रिय सभाका सांसद छन् । संसद् सचिवालय स्रोतका अनुसार दुई साताअघिसम्म स्वकीय सचिवको विवरण नबुझाउनेमा नेकपाका १५, कांग्रेसका ९, राजपा एक, संघीय समाजवादी फोरमका दुई छन् । जसमा प्रत्यक्ष निर्वाचित २० जना छन् ।
संसद सचिवालय स्रोतका अनुसार नेकपाकी ओनसरी घर्ती, कु. तुलसा थापा, कृष्णबहादुर राई, जनार्दन शर्मा, जयकुमार राई, ध्रुवकुमार शाही, बृजेशकुमार गुप्ता, माधवकुमार नेपाल, रामकुमारी चौधरी, शेरबहादुर तामाङ, सन्तकुमार थारूले दुई सातअघिसम्म स्वकीय सचिव नियुक्त गरेका थिएनन् । पछिल्लो तीन दिनमा पूर्वप्रधानमन्त्री नेपाल, पूर्वसभामुख घर्ती, कृष्णबहादुर राई, धु्रवकुमार शाहीले स्वकीय सचिव राखेको जानकारी सचिवालयलाई गराएका छन् । घर्ती र राईले मंगलबार सचिवालयमा स्वकीय सचिवको नाम बुझाएका छन् ।
कांग्रेसका नारायण खड्का, बालकृष्ण खाँण, मीनाक्षी झा, मोहम्मद आफताब आलम, विजयकुमार गच्छदार, सीताराम महतो, ज्ञानेन्द्रबहादुर कार्कीले दुई साताअघिसम्म संसद् सचिवालयमा स्वकीय सचिवको जानकारी दिएका थिएनन् । मंगलबारसम्म खाँण, झा, कार्कीले स्वकीय सचिवको विवरण सचिवालयमा दिएका छन् ।
प्रकाशित मिति : १८ पुष २०७५, बुधबार ०९:०५