संसदमा हुने भनिएको प्रधानमन्त्री केपी ओलीको सम्बोधन स्थगित
१७ पुस, काठमाडाैँ । प्रधानमन्त्रीले संसदमा गर्ने भनिएको सम्बोधन अन्तमि समयमा अाएर स्थगित भएको छ । अाजै मध्यान्ह १२ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी गरिएको भए पनि कार्यव्यस्तताको कारण स्थगन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
संविधान संशोधन लगायतका समसामयिक विषयमा केन्द्रीत रहेर प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने तयारी गरिएको थियो । संविधान संशोधनमा वेवास्ता गरेको भन्दै राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्री ओलीले गत साता राजपा नेताहरुलाई बालुवाटार बोलाएर एक साता पर्खन आग्रह गरेका थिए ।
प्रकाशित मिति : १७ पुष २०७५, मंगलवार १२:०६