१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

बेष्ट फाइनान्सको ५ लाख ३५ हजार बढी कित्ता सेयर बिक्रीमा

११ माघ, काठमाडौँ । बेष्ट फाइनान्सले विभिन्न संस्थापक शेयरधनीहरुका नाममा रहेको सेयर बिक्रीमा राखेको छ । कम्पनीले ५ लाख ३५ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरमा कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौँको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा दिन सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : January 24, 2025 at 8:16 am