अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित ट्रम्पले लिए सपथ
७ माघ, काठमाडौँ । डोनाल्ड जे ट्रम्पले ४७ औं अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिनुभएको छ । नेपाली समय अनुसार सोमबार राति १० बजेर ४५ मिनेटमा ट्रम्पले सपथ लिनुभएको हो ।
सपथपछि अहिले ट्रम्पले सपथ गरिरहनुभएको छ । उहाँले अमेरिकाको स्वर्ण युग अहिले सुरु भएको र आफ्नो नेतृत्वमा देश सम्मानित हुने बताउनु भएको छ ।

कमला ह्यारिसलाई पराजित गर्दै संयुक्त राज्य अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प केही साता अघि नै विजयी हुनुभएको थियो ।
ट्रम्प सन् १८९२ मा ग्रोभर क्लिभल्याण्डपछि लगातार दुई कार्यकाल अमेरिकाको राष्ट्रपति हुने पहिलो व्यक्ति बन्नु भएको छ । ट्रम्पको जितसँगै यस पटक अमेरिकाको तल्लो र माथिल्लो दुबै सदनमा पनि रिपब्लिकनले कब्जा जमाएको छ । ट्रम्प पहिलो पटक सन् २०१६ मा अमेरिकाको राष्ट्रपति निर्वाचित हुनुभएको थियो ।
राष्ट्रपति ट्रम्पको सम्बोधन तल हेर्न सक्नुहुन्छ ।
प्रकाशित मिति : 23:18









