२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

राष्ट्रपति पौडेलद्धारा ४ वटा अध्यादेश जारी

२९ पुस, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ४ वटा अध्यादेश जारी गर्नुभएकाे  छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार दिउँसो उक्त अध्यादेश जारी गर्नुभएकाे हाे ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारले सिफारिस गरेका ४ अध्यादेशहरू जारी गर्नुभएकाे हाे ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गर्नुभएकाे हाे ।

पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अध्यादेश जारी गर्न सिफारिस गरेको थियो ।

प्रकाशित मिति : 18:14