नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश वितरण नगर्ने
२६ पुस, काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंकको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।
प्रकाशित मिति : २६ पुष २०८१, शुक्रबार १४:०३