नेकपाका ९ नेतालाई ओली र प्रचण्डले किन बाेलाए बालुवाटार ?
१६ पुस,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सांगठानिक एकताको काम टुंगो लगाउने प्रस्ताव तयार गर्न गठित कार्यदललाई अध्यक्षद्वय केपी ओली र प्रचण्डले बालुवाटारमा बोलाएका छन् । कार्यदलले गर्ने जिम्मेवारीबारे निर्देशन दिन उनीहरुलाई सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बताइएकाे छ ।
स्थायी कमिटीबाट गठित ९ सदस्यीय कार्यदलमा महासचिव विष्णु पौडेल,सचिवालय सदस्य रामबहादुर थापा बादलसहित स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, बेदुराम भुसाल, रघुवीर महासेठ, सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन् ।
कार्यदलको संयोजक भने तोकिएको छैन । अध्यक्षद्वय संयोजक तोक्ने वा कार्यदलले नै चुन्नेबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।केन्द्रीय निकायदेखि लिएर स्थानीय तहका कमिटीहरु,जनसंगठनहरुको एकता लगायत यसअघि केन्द्रीय सचिवालयले गरेका र विधिसम्मत नभएका भनिएका निर्णयको समेत अध्ययन गर्ने बताइएको छ ।
प्रकाशित मिति : १६ पुष २०७५, सोमबार १४:४७