२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

‘गरिमा समृद्धि योजना’ को इकाई बाँडफाँड

१८ पुस, काठमाडाैँ । गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्घक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्डअन्तर्गत पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्घि योजना’ को इकाई बाँडफाँड भएको छ ।
गत पुस ७ गतेदेखि १४ गतेसम्म निष्कासन गरिएको यो योजना पुस १८ गते बाँडफाँड गरिएको हो । गरिमा समृद्घि योजनाको बीज पुँजी सहित प्रति इकाई अंकित मूल्य रु. १० दरको १० करोड इकाई निष्कासन गरिएको थियो ।

उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ९४ हजार ६ सय ८१ जना आवेदकहरु मार्फत १२ करोड १८ लाख ७८ हजार ५ सय १० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ ।

उक्त अवधिभर रितपूर्वक आवेदन प्राप्त भएकोमा निष्काशन गरिएको इकाई भन्दा अधिक इकाईकोे लागि आवेदन पर्न आएकोले विद्यमान ‘सामूहिक लगानी कोष निर्देशिका, २०६९’ मा भएको व्यवस्थाबमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशतसम्मको इकाई बाँडफाँड गर्न सकिने हुँदा इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४’ को अधिनमा रहि बाँडफाँड गरिएको हो ।

प्रकाशित मिति : January 2, 2025 at 8:19 pm