१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

प्रभु बैंकको स्वचालित डिजिटल काउन्टर सञ्चालन

१७ पुस, काठमाडाैँ । प्रभु बैंक लिमिटेडले बिद्युतीय कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर ‘प्रभु डिजिटल क्यूब’ सञ्चालनमा ल्याएको छ । उक्त काउण्टर मार्फत Cash Deposit, Cash Recycling, Cheque Deposit, Statement Printing, ATM तथा विभिन्न Kiosk मेशिनको माध्यमवाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लीयरिङ चेक जम्मा गर्न, खाताको स्टेटमेण्ट प्रिन्ट गर्न सकिने लगायतका सेवाहरु ग्राहक आफैंले प्राप्त गर्न सक्ने ब्यवस्था मिलाइएको छ ।

यस सेवाको शुरुवातसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागि बैंकिङ सेवा लिनुपर्ने झन्झटको अन्त्य भएको बैंकले जनाएको छ । हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत बिस्तार गरिने बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : १७ पुष २०८१, बुधबार १७:४७