१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

अब व्यक्तिगत स्वार्थका लागि गुटबन्दी बन्द गर्नुपर्छः सहमहामन्त्री महत

१५ पुस, काठमाडाैँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले अब व्यक्तिगत स्वार्थका लागि गुटबन्दी अन्त्य गर्नुपर्ने बताएका छन । गुटबन्दीले कांग्रेस कमजोर भएको भन्दै उनले अब गुटबन्दी गर्न नहुने बताए ।

इलाम सदरमुकाममा अायोजित पत्रकार भेटघाटमा उनले गुटबन्दीले व्यक्तिलाइ फाइदा पुगे पनि संस्था कमजोर हुने बताए । सहमहामन्त्री महतले धर्मको बारेमा पार्टीमा कुनै किसिमको प्रस्ताव नआएको र छलफलसमेत नभएको जिकिर गरे ।

उनले हिन्दू धर्मको बारेमा पार्टीमा कुरा नउठेको पनि स्पष्ट गरे।  डा महतले सरकारले संस्थागत रुपमा भ्रष्टाचार गरेको आरोप लगाए।

प्रकाशित मिति : १५ पुष २०७५, आईतवार २०:०६