रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
२ पुस, पोखरा । सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको कास्की प्रहरीले रास्वपाका सभापति रवि लामिछानेसहितका व्यक्तिहरुलाई मंगलबार जिल्ला अदालतमा उपस्थित गराएको छ ।
प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई अदालतमा उपस्थित गराएको हो ।
प्रहरीले अनुसन्धान रिपोर्ट बुझाए पनि अध्ययन गर्न समय लाग्ने भएकाले म्याद थप मागिएको हो । पुस ५ गते भित्रै सबै जनाको अभियोग पत्र दर्ता हुने न्यायाधिवक्ता कमला काफ्लेले बताइन् ।
प्रहरीले दिएको राय हुबहु कार्यान्वयन गर्ने वा नगर्ने निर्णय सरकारी वकिल कार्यालयले गर्ने न्यायाधिवक्ता काफ्लेले बताइन् ।
सूर्यदर्शन सहकारी ठगीमा ५१ जना प्रतिवादी र १ अर्ब ५१ करोड बीगो माग सहित प्रहरीले प्रतिवेदन तयार गरेको डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
प्रकाशित मिति : December 17, 2024 at 10:58 am









