१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

स्वदेशी उत्पादनलाई सबैले माया र प्रबर्द्धन गराैँः उपप्रधानमन्त्री पोखरेल

१४ पुस, काठमाडाैँ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले स्वदेशी उत्पादनलाई सबैले माया र प्रबर्द्धन गर्नुपर्ने बताएका छन । १५ औँ औद्योगिक प्रदर्शनीको शनिबार भृकुटीमण्डपमा अवलाेकन गर्दै उपप्रधानमन्त्री पोखरेलले  स्वदेशी उत्पादनको प्रयोगलार्इ सबैले पहिलो प्राथमिकता दिनुपर्ने बताए ।

मन्त्री पोखरेलले नेपाली उत्पादनको प्रयोग अपरिहार्य भैसकेको भन्दै समृद्धिका लागि पनि स्वदेशी उत्पादनकै प्रयोग गर्नुपर्ने बताए । स्वदेशी उत्पादन प्रयोग गर्न सबैलाई आग्रह गर्दै सरकारले स्वदेशी उत्पादन बढाउन सहयोग गर्ने बताए ।

प्रदर्शनीमा देशभरि छरिएर रहेका साना, मझौला एवम् ठूला उद्योगहरुद्वारा उत्पादित जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको सबै उत्कृष्ट उत्पादनलाई १९१ वटा स्टलमा राखिएको आयोजक फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल जानकारी दिएको छ।

प्रदर्शनी अवधिभर उपभोक्ताहरुले स्वःस्फूर्त रुपमा प्रदर्शनीमा राखिएका बस्तुहरु अवलोकन गरि मूल्याङ्कन एवं तुलनात्मक रुपमा छनौट गरी सुपथ मुल्यमा वस्तुहरु खरीद गर्ने अवसर पाउनेछन्। यस औद्योगीक प्रदर्शनीमा उद्योगहरुले प्रयोग गर्ने कच्चापदार्थहरु समेत प्रदर्शनीमा राखिने हुनाले उपभोक्ताहरुलाई स्वदेशी उत्पादनको गुणस्तरप्रति विश्वास दिलाउन समेत प्रत्यक्ष सहयोग पुग्ने आयोजकले विश्वास गरेको जानकारी दिएका छन्।

प्रकाशित मिति : December 29, 2018 at 6:22 pm