रवि लामिछानेलाई ९ दिन हिरासत म्याद थप गर्न माग
२७ मंसिर, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई थप ९ दिन हिरासतमा राख्न प्रहरीले अनुमति माग गरेको छ । उनलाई प्रहरीले अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गर्दै बिहीबार अदालत उपस्थित गराएको हो ।
सभापति रवि लामिछानेको म्याद थपका लागि कास्की जिल्ला अदालत पोखरामा बहस भइरहेको छ ।
सुर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, गुल्मीको मुसिकोट नगरपालिका–४ घर भएकी लिला पछाई, तनहुँका रामबहादुर खनाल र पोखरा घर भएका कृष्ण गुरुङलाई अदालतमा उपस्थित गराइएको छ ।
यधपी उनीहरु विरुद्ध अनुसन्धान प्रतिवेदन शुक्रबार सरकारी वकिललाई बुझाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार १४:११