प्रधानन्यायाधीश नहुँदै सर्वोच्चका न्यायाधीश चोलेन्द्रविरूद्ध महाअभियोग माग (भिडियाेसहित)
१४ पुस, काठमाडौँ । प्रधानन्यायाधीशमा प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जवराका विरूद्धमा संसदीय सुनुवाइ समितिमा छलफल भएका उजुरीमा उनीमाथि गम्भीर आरोपहरू लगाइएको छ । उनले सार्वजनिक जग्गालाई अदालतको आदेशबाट आफन्तको नाममा कायम गराएको पाइएको छ । चोलेन्द्र शम्शेरलाइ प्रधानन्यायाधीश बनाउन हुँदैन भन्दै उजुरी दिने ऐतिहासिक धरोहर तथा सार्वजनिक सम्पदा संरक्षण अभियानका संयोजक जफरुल हुसेन अन्सारीले उनलाइ महाअभियोग लगाएर पदमुक्त गर्नुपर्ने बताए ।
अन्सारीका अनुसार वीरगञ्ज महानगरपालिकामा रहेको ४ बिघा क्षेत्रफलमा रहेको धार्मिक सम्पदा सालो नाता पर्ने प्रमोद बिक्रम शाहलाई दिलाएको बताए । उनले चोलेन्द्रशम्शेर र दीपकराज जोशीको संयुक्त इजलासले आफन्तलाई धार्मिक सम्पदा दिलाएर धार्मिक सम्पदामा नोक्सान पुर्याएको प्रमाण प्रस्तुत मसेत गरे । अन्सारीले भने– ‘उनी राजसंस्थाको चरित्र बोकेका मान्छे हुन्, चोलेन्द्रशम्शेर प्रधानन्याधीश भए संघीय लोकतन्त्र नै खतरामा पर्ने, राजसंस्थासँग जोडिएका मुद्धा उनीहरुको पक्षमा फैसला गरिदिन्छन् । राष्ट्रको ठूलो क्षति पुर्याउने भएकोले उनलाई महाअभियोग लगाई कारबाही गर्नुपर्छ ।’
अन्सारीले वीरगञ्जको सार्वजनिक चार बिगाहा जमिन प्रमोद विक्रम शाहले हडपेपछि २०६५ असार २६ गते जिल्ला अदालत र पुनरावेदन अदालतले २०६७ असार २८ गते शाहको विपक्षमा फैसला गरेको बताए । तर शाहले सर्वोच्च पुनरावेदनका लागि निवेदन दिएपछि जिल्ला अदालत र पुनरावेदन अदालतको फैसलालाई उल्टाउदै चोलेन्द्रशम्शेरको इजलासले प्रमोद विक्रम शाहको नाममा लालपूर्जा कायम गरिदिएको बताए ।
न्यायको सर्वमान्य सिद्धान्त विपरित चोलेन्द्र शम्शेरले आफन्तको नाममा फैसला गरेको भन्दै त्यसको बदरका लागि जिल्ला अदालत पर्सामा २०७४ बैशाख ११ गते दायर गरेको मुद्धा बिचाराधिन रहेको अन्सारीले बताए । त्यस्तै अर्का उजुरीकर्ता पुण्य गाैतमले पनि चोलेन्द्रलाई प्रधानन्यायाधीश बनाए देश नै दुर्घटनामा पर्न सक्ने चेतावनी दिएका छन ।
यो पनि पढ्नुहोस्
–उजुरीकर्ता भन्छनः चोलेन्द्र शम्शेर राणा ‘भ्रष्टाचारमा गोल्डेन अवार्ड पाउन योग्य हुन’ (भिडियोसहित)
–‘आफूलाई संविधानभन्दा माथि ठान्ने चोलेन्द्रशमशेर प्रधानन्यायाधीश हुँदा लोकतन्त्र समाप्त हुन्छ’
प्रकाशित मिति : १४ पुष २०७५, शनिबार ०९:०७