नेकपाकाे संगठनात्मक एकताबारे गृहकार्य गर्न नाै सदस्यीय कार्यदल गठन
१३ पुस, काठडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले संगठनात्मक एकताबारे गृहकार्य गर्न कार्यदल बनेको छ । बैठकले आठ सदस्यीय कार्यदल गठन गरेमाे हाे । कार्यदलमा महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, रघुवीर महासेठ र लेखराज भट्ट रहेका छन ।
बैठकले अध्यक्षद्धयको प्रतिवेदन पारित गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन आज विहान बसेको बैठकले पारित गरेको हो ।
अध्यक्षले पेश गरेको राजनीतिक प्रस्ताव स्थायी कमिटी सदस्यहरुको सल्लाह सुझावलाई समेट्दै पारित भएको बैठकपछि नेकपाका नेता झलनाथ खनालले जानकारी दिए । शुक्रबार विहान ८ बजेदेखि बसेको बैठकमा राजनीतिक प्रतिवेदनमाथि थप छलफल भएको थियो । प्रतिवेदन सचिवालय बैठकमा पेश हुने बताइएको छ ।
प्रकाशित मिति : १३ पुष २०७५, शुक्रबार १३:२८