३ माघ २०८१, बिहीबार | Fri Jan 17 2025

चीनबाट उत्साह र खुशी बोकेर स्वदेश फर्किदै प्रधानमन्त्री ओली

२० मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्कँदै हुनुहुन्छ । चीनबाट उत्साह र खुशी बोकेर स्वदेश प्रधानमन्त्री बिहीबार दिउँसो स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गर्नुभएको छ।  प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २ः३० बजे काठमाडौं पुग्ने कार्यक्रम रहेको छ । मंसिर १७ गते प्रधानमन्त्री चीन प्रस्थान गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले बेइजिङमा रहँदा चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो भने भ्रमणको क्रममा महत्वपूर्ण सम्झौता र सहमतिमा हस्ताक्षर भएको छ । सो अवसरमा बहुप्रतिक्षित नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा समेत हस्ताक्षर भएको छ ।

प्रधानमन्त्रीकै भ्रमणको दौरान टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । उक्त सुरूङले चीनको केरूङबाट काठमाडौँ जोड्ने दुरी छोट्याउन सहयोग पुग्नेछ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार ०८:३२