२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

रविलाई झिसमिसमै पोखरा पुर्याइयो, आइतबार म्याद थपेपछि मात्रै वीरगञ्ज लगिने

२० मंसिर, चितवन । सहकारी ठगीका मास्टरमाइन्ड मानिएका तत्कालीन गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक एवं ग्यालेक्सी टेलिभिजनका संस्थापक रवि लामिछानेलाई चितवनमा वयान सकिएपछि राति चितवनबाट गाडी चढाएर बिहान झिसमिसमै पोखरा पुर्याइएको छ ।

बुधबार चितवनमा वयान सकिएका रविलाई बिहानै उठाएर पोखरा लगिएको हो । बिहान करिब ३ बजे चितवनबाट गाडीमा हिडाइएका रविलाई ६ बजे पोखरा पुर्याइएको प्रहरीले जनाएको छ । मंसिर ८ गतेदेखि लागू हुने गरी थपिएको १५ दिनको हिरसात बसाइको म्याद शनिबार सकिने भएकाले रविलाई आइतबार म्याद थप गरी वीरगञ्ज पुर्याउने प्रहरीको तयारी छ ।

वीरगञ्जको सानो पाइला सहकारीको बचत रकम हिनामिना गरेको अभिगमा रवि लामिछानेसहित १४ जनाविरूद्ध बुधबार जिल्ला अदालत पर्साले पक्राउ अनुमति दिएको छ । अदालतको अनुमतिपछि प्रहरीले लामिछानेसहित १४ विरूद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

साहरा सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा बुधबार राति ८ बजे रविको वयान सकिएको छ । सहकारीका बचतकर्ताको रकम अपचलन गरेर टेलिभिजन हुँदै पार्टी खोलेका लामिछाने अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति समेत हुन । उनी चितवन २ बाट प्रतिनिधिसभामा विजयी भएर एमाले अध्यक्ष केपी शर्मा ओलीको कृपामा दुई पटकसम्म उपप्रधानसहित गृहमन्त्री समेत भएका थिए ।

सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा कात्तिक २ गते पार्टी केन्द्रीय कार्यालयबाट रवि लामिछाने पक्राउ परेका थिए । लामिछानेलाई सूर्य दर्शन सहकारी संस्थाको बचत अपचलन विषयमा अनुसन्धान गर्न पहिलो पक्राउ पुर्जी जारी भएको थियो ।

प्रकाशित मिति : 08:10