नेकपा स्थायी समितिमा भीम रावलले भने ‘म भिडियो देखाइदिन्छु’
१२ पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समितिमा बिहीबार अध्यक्ष केपी शर्मा अोलीले बोल्दा बोल्दै नेता भीम रावलले बिमिस्टेक सैन्य अभ्यासबारे सरकारको जवाफ मागेका छन् । उनले अोलीले बोल्नु अघिनै त्यसबारे सरकारको धारणा माग गरेका हुन । पार्टी कार्यालय धुम्बारारीमा दिउँसो ३ बजेपछि बसेको बैठकमा नेता रावलले अाफूले यत्तिकै यस्तो विषय नउठाएको भन्दै जवाफ माग गरेका थिए ।
उनले सैन्य अभ्यासमा भाग लिन्छ भनेर भारतका विदेशमन्त्री सुष्मा स्वराजले दिल्ली र नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौंमा बोलेको भिडियो आफूसँग रहेको भन्दै ‘सुन्ने हेर्ने हो भने म भिडियो देखाइदिन्छु’ भनेको स्थायी समिति बैठमा सहभागी अर्का एक नेताले जानकारी दिए । भारतको पुनेमा भएको बिमिस्टेक सैन्य अभ्यासमा सुरुमा नेपाल सहभागी हुने भनिएपनि रावल लगायतको चर्को बिरोधपछि स्थगित भएको थियो ।
प्रकाशित मिति : १२ पुष २०७५, बिहीबार २०:५३