नेकपा स्थायी समिति बैठकमा जवाफ दिने पालो ओलीको, प्रतिवेदन आजै पारति हुने
१२ पुस, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा आज प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा अोलीले अाज स्थायी समिति सदस्यहरूले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै छन । पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा दिउँसो बस्रने बैठकमा अोलीले सदस्यहरुका प्रश्न र जिज्ञासाको जवाफ दिनेछन । यसअघि बुधबार अर्का अध्यक्ष पुष्पकमल दाहालले सदस्यहरुका प्रश्न र जिज्ञासाको जवाफ दिएका थिए ।अोलीको जवाफपछि अाजै राजनीतिक प्रतिवेदन पारित गर्ने तयारी रहेको केन्द्रीय कार्यालयका सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए । यस्तो छ अध्यद्धयको राजनीतिक प्रतिवेदन