नेप्सेमा एक कम्पनीको सेयरमूल्य समायोजन
६ मंसिर, काडमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको सेयरमूल्य समायोजन भएको छ । बिहीबार बैंकको ५.५ प्रतिशत बोनस सेयरमूल्य समायोजन भएको हो।
समायोजन पश्चात यसको मूल्य २४१.७१ रुपैयाँ कायम भएको छ । आइतबार यही मूल्यलाई आधार मानेर बैंकको सेयर कारोबार खुल्ने छ।
प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार १८:३९












