कांग्रेस नेता एवं पूर्वमन्त्री शाहले २४ वर्षसम्म शारीरिक सम्बन्ध राखे तर बिबाह दर्ता गर्न मानेनन्
११ पुस, अछाम । नेपाली कांग्रेसका नेता एव पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्द शाहसँग नाता कायम गरी पाउ भन्दै दलित समुदायका महिला नेतृ राधिका भूजेलले मुद्दा दर्ता गरेकी छिन । विवाह गर्छौ भनेर २४ वर्षसम्म शारीरिक सम्बन्ध राखेपनि अहिले आएर दलित समुदायको भनेर हेला गर्दै विवाह दर्ता गर्न नमानेपछि न्यायको लागि जिल्ला अदालत अछाममा मुद्दा दर्ता गरेको महिला नेतृ भुजेलले बताएकी छिन ।
राज्यमन्त्री शाहले विवाह गर्ने भनेपछि आफूले २३ वर्ष अघिदेखि शारीरिक सम्बन्ध राख्दै आएको पनि भुजेलले बताएकी छिन । त्यसपछि शाहको सल्लाह अनुसार औपचारिक रुपमा १४ वर्ष अघि गोरर्खाको मनकामना मन्दिरमा गएर सिंन्दुर हालेको नेतृ भुजेलको भनाई रहेको छ । यस्तै २ वर्ष ९ महिना अघि बनाएको पासपोर्टमा पनि श्रीमान गोविन्द बहादुर शाह भनेर नाम उल्लेख गरिएको भुजेलको भनाई रहेको छ ।
पासपार्ट बनाउन वेला शाहले आफूलाई दिएको उनको सक्कल नागरिकता पनि आफूसँग नै रहेको पनि उनले बताइन । पटक पटक पूर्व राज्यमन्त्री शाहलाई विवाह दर्ता गरौं भन्दा उल्टै दलित समुदायको भनेर विवाह दर्ता गर्न नमानेपछि न्यायको लागि जिल्ला अदालत अछाममा साउन ३० गते मुद्दा हाल्न वाध्य भएको भुजेलको भनाई रहेको छ ।
भुजेलले जवान उमेरमा १५ वर्षसम्म शाहसँगै बसेपनि अहिले दलित समुदायको भनेर छोडेकोमा आक्रोस पोखेकी छिन । तिमी दलितकी छोरी म ठकुरीको छोरा भनेर जातिगत आधारमा आफूलाई विभेद गरेपछि नाता कायमको लागि अदालतमा गएको भुजेलको भनाई छ । भुजेलको मुद्दा अहिले जिल्ला अदालतमा विचारधिन अवस्थामा रहेको छ ।
यस्तै नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा अछाममा आउँदा पनि विवाह गरेको भनेर स्विकार गरेको पनि भुजेलको दावि रहेको छ । राधिकाले शाहले आफ्नो अस्मिता लुटेपनि अहिले ४५ वर्षको वुढेसकालमा दलित समुदायको भनेर घर न घाँटको बनाएको भन्दै आक्रोस पाेखेकी छिन । उनले अहिले आफू न्यायको लागि जिल्ला अदालतदेखि सरोकारवाला पक्षलाई गुहार्दै आएको पनि बताएकी छिन।
शाह र भुजेल कुनै समय दुबै जना नेपाली कांग्रेसको राजनीतिमा जमेका व्यक्ति हुन । नेपाली कांग्रेसको १२ अाैँ महाधिवेशनमा शेरबहादुर देउवाको प्यानलबाट केन्द्रीय सदस्यमा चुनाव लडेकी राधिक थाेरै मतले पराजति भएकी थिइन । यद्यपी कांग्रेसले गरिब निमुखालार्इ थिचोमिचोमात्रै गर्ने र राज्यस्रोतमा बह्मलुट मच्चाउने काममात्रै गरेको भनेर उनी गत वर्षदेखि नेकपा प्रवेश गरेकी छिन ।
प्रकाशित मिति : ११ पुष २०७५, बुधबार २२:२२