१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

निर्मला हत्याकाण्डले सरकारकै कार्यक्षमतामा प्रश्न उठ्योः प्रचण्ड

११ पुस, काठमाडाैँ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्मला हत्याकाण्डले सरकारकै कार्यक्षमतामा प्रश्न उठेको बताएका छन । बुधबारदेखि सुरू भएको संसदको हिउँदे अधिवेशनमा बोल्दै अध्यक्ष प्रचण्डले निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरी चुक्दा सरकारको कार्यक्षमता र हैसियतमा प्रश्न उठेको बताए ।

उनले निर्मला हत्याकाण्डलार्इ नेकपाले गम्भीर रूपमा लिएको पनि बताए । अध्यक्ष प्रचण्डले घटनाको अनुसन्धानमा सुरुका दिनमा जति गम्भीरताका रुपमा लिनु पर्ने हो, त्यसमा कमजोरी भएको स्वीकार गरे ।

प्रकाशित मिति : ११ पुष २०७५, बुधबार १८:१३