२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

सामाजिक सञ्जालमा आईएमवीथकेपीओली ह्यास ट्यागमा ‘भविष्य उज्ज्वल छ, विश्वास अटल छ’

१० पुस, काठमाडाैँ । सामाजिक सञ्जालमा आईएमवीथकेपीओली ह्यास ट्यागमा ‘भविष्य उज्ज्वल छ, विश्वास अटल छ’ अभियान सुरू भएको छ  । युवा संघका वरिष्ठ उपाध्यक्ष किरण पाैडेल र प्रवासमा रहेर ओलीकाे समृद्धिकाे सपना साकार पार्ने अभियानमा लागेका तीर्थ भट्टराई लगायतले यो अभियान सुरू गरेका हुन । सरकारको कार्यशैली र पार्टी नेतृत्वको रूपमा ओलीको भूमिकाको अालोचना भैरहेको समयमा युवाहरूले आईएमवीथकेपीओली ह्यास ट्यागमा ‘भविष्य उज्ज्वल छ, विश्वास अटल छ’ अभियान सुरू गरेका हुन।

सोमबारबाट सुरू भएको अभियानमा अाजसम्ममा हजाराैँ युवाहरूले सहभागी जनाइसकेका छन ।आईएमवीथकेपीओली ह्यास ट्यागमा ‘भविष्य उज्ज्वल छ, विश्वास अटल छ’ भन्ने पोष्टर पनि हजाराैँले सेयर गरेका छन । अभियानमा ओलीका शुभचिन्तक, युवा संघ र अखिलका नेता कार्यकर्ताले बढी सक्रियता देखाएका छन ।

बिपक्षीसँगै पार्टीभित्रबाटै पनि आरोपको बर्षा भइरहँदा युवाहरु स्वतःस्फूर्त रुपमा प्रधानमन्त्री ओलीको कामबाटै आफ्नो भविष्य उज्ज्वल रहेको निश्कर्षका साथ अभियान चलाएका छन । अध्याँरो युगको अत्य गरी उज्यालोको किरण छर्ने केपी ओली नै हुन भन्ने सन्देशसशित युवाहरुले भविश्य उज्ज्वल छ, अटल बिश्वास छ भन्दै अभियान चलाएका हुन ।

प्रकाशित मिति : १० पुष २०७५, मंगलवार १०:३७