१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

अध्यक्षद्धय ओली र प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतीले पारित हुन्छः गजुरेल

९ पुस, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री हरिबोल गजुरेलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतीले पारित हुने स्पष्ट पारेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले  पार्टीको जारी स्थायी समिति बैठकमा सदस्यहरुले खुलेर आफ्ना कुराहरु राखेको बताए । उनले अब पार्टी एकताबद्ध भएर अघि बढनेपनि विश्वास समेत दिलाए ।

प्रकाशित मिति : ९ पुष २०७५, सोमबार १८:१७