७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

सिद्धार्थ बैंकका ग्राहकलाई दुसित थानि हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट

७ कात्तिक, काठमाडाैँ । सिद्धार्थ बैंक र दुसित थानि हिमालयन रिसोर्ट प्रालिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुलिखेल स्थित दुसित थानि हिमालयन रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै अन्य सेवामा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार १४:०५