नागरिकलाई विश्वासमा लिएर वकिलले काम गर्नुपर्छ: राष्ट्रपति भण्डारी
८ पुस, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फौजदारी न्याय प्रशासनलाई सवल र प्रभावकारी कार्यान्वयन गर्न सरकारी वकिलको विशेष जिम्मेवारी भएको बताउनुभएको छ । महान्यायाधिवक्ता कार्यालयले आज आयोजना गरेको ‘सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलन’ को उद्घाटन गर्दैै उहाँले फौजदारी अभियोजनको मुख्य जिम्मेवारी पाएको सरकारी वकिलले प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले भन्नुभयो, “अभियोजनको मुख्य जिम्मेवारी राज्यले महान्यायाधिवक्ताको कार्यालयलाई दिएको छ, अपराध अनुसन्धान गर्दा प्रभावकारी तरिकाले गर्नुपर्छ, कसुरदारलाई सजाय र पीडितलाई न्याय दिने तरिकाले गर्नुपर्छ ।” सूचना र प्रविधिको विकाससँगै अपराध अनुसन्धानमा पनि जटिलता भएको उल्लेख गर्दै उहाँले व्यावसायिक, प्रभावकारी, नागरिकलाई विश्वासमा लिएर वकिलले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रकाशित मिति : ८ पुष २०७५, आईतवार २३:५३