१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

नेपाल इन्फ्रास्ट्राक्चर बैंकले ऋणपत्र जारी गर्दै

२ कात्तिक, काठमाडाैँ । नेपाल इन्फ्रास्ट्राक्चर बैंकले उर्जा ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको “निफ्रा उर्जा ऋणपत्र ६ % (२०८८/८९)” नामको कूल ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हाे।

बैंक उक्त निष्काशन प्रक्रिया अगाडी बढाउन निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त गरेको छ।

सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट नायब महाप्रबन्धक विनय नाथ न्यौपाने र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले बिहिबार हस्ताक्षर गरेका छन्।

नेपाल धितोपत्र बोर्डको स्वीकृती पश्चात् कूल निष्काशन गरिने ऋणपत्रको ६० प्रतिशत ऋणपत्र परिपत्र विधिबाट संस्थाहरुको लागि र ४० प्रतिशत अन्य सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिनेछ ।

प्रकाशित मिति : October 18, 2024 at 10:09 am