२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

आरएसडीसी लघुवित्तद्धारा लाभांश घोषणा

२ कात्तिक, काठमाडौँ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ।

कात्तिक १ गते बसेको संस्थाको सञ्चालकसमितिको  बैठकले हाल कायम चुक्तापुँजी ९४ करोड ४३ लाख ५१ हजार ६५ रुपैयाँको कुल १० प्रतिशतले हुन आउने ९ करोड ४४ लाख ३५ हजार १०७ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०।५ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी ११ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार ०९:३९