२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

केजाति जनवाद भन्दै जबज माथि अर्जुन पराजुलीको व्यंग्य

२ कार्तिक, काठमाडौँ । नेकपा (एमाले)का बारेमा निरन्तर व्यांग्यात्मक रचनाहरू सार्वजनिक गर्ने गर्नुभएको कवि अर्जुन पराजुलीले जनताको बहुदलीय जनवाद माथि के जाति जनवाद भन्दै व्यंग्य गर्नुभएको छ । एमालेले मीनबहादुर गुरूङबाट पार्टी मुख्यालय दानमा प्राप्त गर्न लागेको विषयसँग जोडेर कवि पराजुलीले यस्तो व्यंग्य गर्नुभएको छ ।

उहाँले कविता मार्फत भन्नुभएको छ,

रूपियाँमा खान्थे
रोपनीमा खान थाले !

रेकर्ड नगरी खान्थे
लाइभ गरेर खान थाले !

घुस भनेर खान्थे
दान भनेर खान थाले !

गोर्खापत्रले छेकेर खान्थे
शिलापत्रमा लेखेर खान थाले !

खाएपछि देख्लान् भनेर लुक्न जान्थे
खाएपछि नदेख्लान् भनेर भुक्न थाले !

बल्ल थाहा भयो
केजाति जनवाद भनेको यही रहेछ !!

कवि पराजुलीले दान भनेर मीनबहादुरसँग घुस खाएको भन्दै जबज भनेकै यस्तो रहेछ भनेर कविताको सार व्यक्त गर्न खोज्नुभएको छ । एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीले प्रतिवादन गर्नुभएको जबजको मार्ग दर्शनमा एमाले अघि बढिरहेको भनेर नेताहरूले भन्दै आएका छन । पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले सुखी नेपाली समृद्ध नेपालको नारा नै जबजको रूपान्तरित रूप भएको भन्दै अभिव्यक्ति दिने गर्नुभएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार ०९:५६