१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

नेकपा स्थायी समिति बैठक प्रधानमन्त्री ओलीकाे व्यस्तताले स्थगित

८ पुस, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक ११ गतेसम्मका लागि स्थगित भएको छ । मंसिर २९ गतेदेखि जारी स्थायी समिति बैठक आइतबार सकिने बताइएको भए पनि पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली व्यस्त भएपछि बैठक ११ गतेसम्मका लागि स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

 

समितिको बैठक बिहान केही बेर बसेर दिउँसो ४ बजे बस्ने गरी स्थगित भएको थियो । तर प्रधानमन्त्री ओली व्यस्त बन्नु भएकाले आज बैठक बस्न नसकेको र अब ११ गते बैठक बस्ने प्रवक्ता श्रेष्ठले बताए ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बैठकमा राजनीतिक प्रतिवेदनमाथि नेताहरुले उठाएका जिज्ञासाको जवाफ दिने कार्यक्रम थियो ।

प्रवक्ता श्रेष्ठका अनुु्सार अध्यक्षद्वयले जवाफ दिएसँगै प्रतिवेदन पारित गरेर बैठक समापन गर्ने तयारी भए पनि बैठक स्थगित भएपछि अब ११ गते मात्रै अध्यक्षद्वयले सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : December 23, 2018 at 6:56 pm